काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा हुन गईरहेको राष्ट्रसंघको ७३ औ महासभामा भाग लिन अमेरिका जाने भएको छ ।
यही असोज ६ गते प्रम ओली २० जनाको उच्चस्तरीय टोली लिएर जाने भएको हो ।
आज (मंगलबार) बाट अमेरिकामा महासभाको सम्मेलन सुरु हुँदैछ । महासभालाई विभिन्न देशका प्रमुखहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्नेछ ।
Categorized in राष्ट्रिय