काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहिवार) एक कार्यक्रविच धरहरा पुननिर्माणको शिल्यानास गर्ने भएको छ ।
प्रम ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
जीआईईटीसी–रमन जेभीले धरहरा पुननिर्माणको ठेक्का पाएपछि यस अघि सो क्षेत्रमा पुननिर्माणको लागि आवश्यक पुर्वाधारहार तयार पारेपछि आजबाट पुननिर्माणको औपचारिक सुरुवात गर्ने भएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने जनाएको छ ।
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ ।
भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा भत्किएको थियो ।
नयाँ बन्ने धरहरा यस्तो बन्ने छ ।

Categorized in राष्ट्रिय