काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने चार जना पक्राउ परेका छन ।
पोखराको सभागृह गेट नजिक भेला भएका समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराई रहेका छन ।
उनीहरूले प्रधानमन्त्रीविरूद्ध नाराबाजी पनि गरेका थिए । विद्यार्थीहरुले सरकार मन्त्रीनै कमिसन मोलमोलाइ तथा भ्रष्टाचारमा संलग्न भएको भन्दै प्रदर्शनमा उत्रेका थिए ।
प्रम ओली नेकपा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न पोखरा पुगेका थिए ।
Categorized in राष्ट्रिय