काठमाडौं । विप्लव माओवादीले शनिवार प्रधानमन्त्री केपी शर्मा ओली लक्षित भ्रमण गरी बन्द गरेको नवलपुर जिल्ला बन्द आव्हान फिर्ता लिएको छ ।
बन्द लगतै बन्द गर्दा जनजीवनका असर पर्ने भन्दै माओवादीले बन्द फिर्ता गरेको जनाएको छ । यस अघि बैशाख ५ गते विप्लव माओवादीले नेपाल बन्दको आयोजना गरेको थियो ।
माओवादीले बन्द फिर्ता लिएपनि प्रहरीले नवलपुरको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले प्रम ओलाीको सुरक्षा व्यवस्था कडा परिएको जानकारी दिँदै उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरेको बताएका छन ।
प्रधानमन्त्री ओली शनिबार रुपन्देहीको बुटवल र नवलपुरमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय