७ बैशाख २०८१, शुक्रबार
Header

प्रमुख शाक्यद्धारा वडा नं. १० को अनुगमन


प्रकाशित: विहिवार, २४ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा नं.१० को बुधवार स्थलगत भ्रमण गरेका छन । 


प्रमुख शाक्यले सो वडा भएका विकास गतिविधिहरु नियाल्दै वडावासीहरुको जनगुनासोहरु सुन्न भ्याए । 


शाक्यले वडा क्षेत्रको पूर्वाधार तथा सामाजिक बिकासका काममा महनगरले भरपुर सहयोग गर्ने वडावासीसँग विश्वास व्यक्त गरेका थिए । 


वडा १० क्षेत्रका टोल र गल्लीहरुको अवस्था, पूर्वाधारको आवश्यकता र वडाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी लिँदै बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, देवीनगर, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्कलगायतका क्षेत्रमा पुगेका थिए ।

 
सो भ्रमण टोलीमा वडाध्यक्ष रामकुमार केसी, वडा सदस्यहरु सतिस तण्डुकार, नरोज अर्याल, सुनिता भित्रकोटी, रोहिनी श्रेष्ठ, वडासचिव प्रकाश खड्का, पूर्वाधार बिकास बिभागका प्रमुख डा. उत्तरकुमार रेग्मी लगायतका सहभागी भएका थिए । 


सडकका खाल्टाखुल्टी पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्ने, पैदल मार्ग बनाउने काम अब महानगरको जिम्मा आएको छ । 


महानगरले यस वडाबाट सञ्चालन हुने वडास्तरीय योजनाका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको छ । यससँगै महानगरको ३९ औं कार्यपालिका बैठकले बिनियोजित रकमको ५० प्रतिशत थप गरेर पठाउने निर्णय गरेसँग अब यस वडाले थप १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।


मेयर शाक्यले यस अघि यसै गरी वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अवलोकन तथा अनुगमन गरिसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD