८ बैशाख २०८१, शनिबार
Header

प्रमुख शाक्यद्धारा चःमतीमा ध्यान पार्कको शिलान्यास


प्रकाशित: शनिवार, २ साउन २०७८, १७ः५० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच ध्यान पार्कको शिलान्यास गरेका छन । 


कामपा वडा १५ स्थित चःमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा शाक्यले पार्कको शिलान्यास गरेका हुन । 


सो अवसरमा प्रमुख शाक्यले आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण केही महिना पछि सरेको बताए । 


पार्क ५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुने यस पार्कको ८५ प्रतिशत महानगरले व्यहोर्ने र यसको १५ प्रतिशत अर्थात ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहोर्ने छ । 


महानगरको पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीव १४ आना जग्गामा पार्क निर्माण हुनेछ । मौलिक र परम्परागत शैलीमा निर्माण हुने पार्कभित्र प्रवेश गरेपछि आध्यात्मिक भाव पैदा हुने खालको बनाइनेछ । 


सो अवसरमा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी., जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चमती ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापू लगायतले आ–आफ्नो धारणा राखेको थियो । ले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।


पार्क आगामी माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको जनाईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD