५ जेठ २०८१, शनिबार
Header

प्रमुख शाक्यद्धारा कामपा २१ वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको उद्धघाटन 


प्रकाशित: आईतवार, ७ कातिक २०७८, १६ः०० बजे 
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको उद्धघाटन गरेका छन । 


आईतवार एक कार्यक्रमविच प्रमुख शाक्य र वडा अध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गरेका हुन । उद्धघाटनसँगै क्लिनिक सञ्चालनमा ल्याएको छ ।


यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको वडा अध्यक्ष बज्रचार्यले जानकारी दिए । 


क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको उल्लेख गरेको बताएका छन । 


‘हामीले महानगरबासीको मात्र उपचार गरेर हुँदैन । देशविदेशबाट काठमाडौँ आउने सबैको उपचार गरिदिनुपर्छ । महानगरले सञ्चालन गरेका क्लिनिकमा सेवाग्राहीको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका विरामीको चाप घट्छ । यसले गर्दा ठूला अस्पतालहरुमा जटिल रोगको उपचारमा सहज हुन्छ । त्यसैले हामीले स्वास्थ्यमा लगानी बढाएका छौँ । अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरेका छौँ । यसले गर्दा कोविड, डेङ्गुलगायत महामारीसँग जुध्न सजिलो भएको छ ।’


अहिले महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन । यसका अतिरिक्त वडा १२ र १४ मा थप १÷१ वटा क्लिनिक छन । रामघाट प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारबाट महानगरलाई नीतिगत रुपमा हस्तान्तरण गरिसकेको छ । यस्तै टेकुमा एउटा अकुपङ्चर सेवा पनि छ ।


महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो । यसको पछिल्लो क्रममा वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटामा स्थापना गरिए ।


तस्वीरः चन्द्रमणी भट्टराई

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD