२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रमुख शाक्यद्धारा कामपा १२ वडास्थित वन्दे फल्चाको शिलान्यास


प्रकाशित: विहिवार, २४ भाद्र २०७८, ११ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास गरेका छन ।


विहिवार एक कार्यक्रम विच महानगरका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गरेका थिए । 


भ्याटसहित १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा आउँदो २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । फल्चा २७ फिट ४ इञ्च लम्बाई, ६ फिट ४ इन्च चौडाई र १४ फिट उचाइको हुनेछ ।


सो अवसरमा प्रमुख शाक्यले महानगरमा माग भएर आएका विवाद नभएका सबै सम्पदा निर्माण र पुननिर्माणको क्रममा रहेको जानकारी दिए । उनले भने,‘भूकम्पले जीर्ण भएका र समय समयमा मर्मत गर्नुपर्ने संरचनालाई बचाउन गुठीयार, समुदाय र सरोकारवालासँग समन्वय गरेर लगानी गरिरहेका छौँ ।’


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँको पहिचान नै सम्पदा क्षेत्र भएकोले यसको लगानीमा महानगर नडराउने बताईन ।  सांस्कृतिक संरचना सामाजिक सद्भावका केन्द्र पनि हुन । यसको महत्व स्थानीय जनजीवनको भावनासँग जोडिएको भनाई राखिन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex