८ बैशाख २०८१, शनिबार
Header

प्रमुख शाक्यको संघीय सरकारलाई आग्रह– ‘आवतजावत रोकियोस’


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा आवत जावतमा कडाई गर्न संघीय सरकारलाई पुनः आग्रह गरेको छ ।


उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले काठमाडौंमा मानिस आईरको सन्दर्भमा संघीय सरकारलाई थप कडाई गरी उपत्यकामा मानिस भित्रन नदिन आग्रह गरेको हो ।


बुधवार काठमाडौं महागरपालिका वडा २९ डिल्लीबजारस्थित बिजयस्मारक मा. बि. मा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख शाक्यले सो आग्रह गरेका हुन । 


यस अघि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई भेटी काठमाडौंमा आवत–जावत रोक्न फोरम अध्यक्ष शाक्य सहित ललितपुर महानगरपालिका प्रमुख चिरिवावु महर्जन र नगरपालिका प्रमुखहरुको टोलीले आग्रह गरेको थियो ।


तर आवत– जावतमा कडाई नभएपछि मंगलावर उपत्यकामा ३ जना कोरोना पोजिटिभ देखियो । काठमाडौंमा एक जना र भक्तपुरमा २ जना संक्रमित भेटिएपछि उपत्यकामा संक्रमणको जाखिम उच्च देखिएको छ । 


सरकारले जारी गरेको लकडाउनको पालन नभए कारण कोरोनाको जोखिम बढेको प्रमुख शाक्यले बताउँदै काठमाडौंमा हुनेलाई बाहिरी जिल्ला नजान र बाहिरी जिल्लामा हुनेहरुलाई काठमाडौं नभित्रिन पुनः आग्रह गरेका छन ।


प्रमुख शाक्यले काठमाडौंमा हुनेलाई भोकै हुन नदिने प्रतिवद्धता गर्दै अहिले महामारी नियन्त्रण नहुञ्जेल बाहिरबाट काठमाडौं नआउन भने । 


सो कार्यक्रममा वडाध्यक्ष कुश ढकालले स्थानीयको जीवनलाई कष्टकर हुनबाट बचाउन आफूले सचेत भएर काम गरिरहेको वताउँदै राहत वितरण गर्ने कामलाई प्रणालीमा आधारित बनाउने जानकारी दिए । 


महानगर प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार ७१ हजार ९७८ परिवारलाई महानगरकोतर्फबाट दिइएको हो भने ३० हजार ७६८ परिवारलाई दाताबाट प्राप्त राहत वितरण गरिएको हो । 


यस अवधिमा २ लाख ७ हजार ३९४ जनालाई खाना खुवाइसकिएको तथा १ हजार २१ जनाको ¥यापिड डाइग्नोष्टिक परीक्षण गरिएको ढकालले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD