काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संघीय संसद एवं पूर्वमन्त्री गगनकुमार थापालाई कमलपोखरी पुननिर्माणमा गरेका कामका विवरण उपलब्ध गराईदिन पत्र लेखेका छन ।
कमलपोखरीको विकास तथा सुधारका लागि गरेका कार्यको विवरण उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरिदिन प्रमुख शाक्यले पत्रमार्फत आग्रह गरेका छन ।
माघ ७ गते लेखिएको पत्रमा भनिएको छ, ‘कमलपोखरी पुननिर्माणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौं महानगरपालिकाको प्रमुखलाई सम्वोधन गरिएको पत्र मिति २०७७/०९–२६ मा प्राप्त भयो ।’
पत्रमा भनिएको छ, ‘सम्वत २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको तथ्य प्रष्ट छ ।
पोखरीको विकास तथा सुधारमा तपाईँबाटसमेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’
प्रमुख शाक्यले पत्रबारे प्रतिक्रिया दिँदै भने, ‘प्रस्तावित ढाँचामा सुधारका लागि त्यस क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमा काम थालिएको थियो । पछिल्लो समयमा पुननिर्माणका विषयमा केही विमति सुनिएका छन ।’
हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ । काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’ शाक्यले भने ,‘पूर्वमन्त्री थापालाई उहाँले गर्नुभएका सुधारका काम सम्बन्धि विवरण पत्रमार्फत माग गरेका छौं । ती विवरण प्राप्त भएपछि पुननिर्माणको थप कामका बारेमा जानकारी गराउँछौं ।’
महानगरको प्रशासन विभागले पुरातत्व विभागलाई पनि पत्राचार गरेर महानगरमा प्राप्त हुनुअघि नै आमसञ्चारमा प्रकाशन भएपछि यसले सरकारी संयन्त्रविच समन्वय नभएको सन्देश प्रवाह भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार ‘पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्ने महानगरको अभियानमा यसले अवरोध सिर्जना हुने देखिन्छ ।
यस प्रकार समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा बढोत्तरी हुनेहुँदा कुनै पनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य हुन मिति २०७७ र १० र ०६ को निर्णय अनुसार अनुरोध समेत गरिएको पत्रमा उल्लेख छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलृ समाचार पढेपछि पत्र प्राप्त भयो । पुननिर्माणको यत्तिका काम भइसकेपछि पत्राचार हुनु उचित नभएको बताएका छन ।
Categorized in सम्पदा/संस्कृति