७ बैशाख २०८१, शुक्रबार
Header

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीसहित वडा अध्यक्षद्धय सम्मानित


प्रकाशित: विहिवार, २ बैशाख २०७८, १९ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सुप्रवल जनसेवाश्री तृतीयबाट सम्मानित भएका छन ।


यसैगरी कामपा वडा ३ का अध्यक्ष दीपक के. सी., वडा ४ का अध्यक्ष मोहन विष्ट प्रवल जनसेवाश्री चतुर्थबाट सम्मानित भएका हुन भने महानगरका अधिकृतस्तरीय कर्मचारी नमराज ढकाल र बसन्त आचार्य पनि प्रवल जनसेवाश्री चतुर्थबाट सम्मानित भएका छन ।

 
बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानति भएका थिए । 


यसअघि चैत २७ गते महानगरका नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र सेवा निवृत्त विभागीय प्रमुख सनतकुमार थापा सुजनसेवा श्री पदकबाट विभूषित भएका थिए । 


सो अवसरमा देशका लागि योगदान पुर्‍याउने ४ सय ५२ जना व्यक्तित्वहरु मान पदवी, अलङ्कार र पदकबाट सम्मानित भएका छन । 


उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित विभूषण समितिको शिफारिसमा ति व्यक्तित्वहरु सम्मानित भएको हो । समितिको सदस्यमा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्य सचिव रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD