काठमाडौं । संसद अवरोध हटाउनको लागि मंगलवार बसेको प्रमुख दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध हटाउने बारेमा बोलाएको बैठकमा सभामुख देवराज घिमिरेल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमालेका नेता केपी शर्मा ओली र तीनवटा दलका प्रमुख सचेतक र सचेतकको उपस्थिति थियो ।
बैठकमा उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको थियो ।
प्रधानमन्त्री दाहालले प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्न प्रधानमन्त्रीको भनाइ थियो ।
प्रहरी र अन्य निकायको मनोबल गिर्ने भन्दै सरकारले एमालेको उक्त माग माग अस्वीकार गरेको हो । बालुवाटारमा सहमति नजुटेपछि सभामुख घिमिरेले २ बजे सचेतकहरूको बैठक बोलाएका छन ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक साउन १० यता बस्न सकेको छैन । आज दिउँसो ३ बजेको लागि बैठक बोलाइएको छ ।
Categorized in राष्ट्रिय