२२ बैशाख २०८१, शनिबार
Header

प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच शिक्षण कर्जा सहमति


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच शिक्षण कर्जा सहमति भएको छ । 


सैनिक सन्ततिको लागि प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनको सम्झौता भएको सहमतिमा उल्लेख गरेको छ । 


सम्झौता अनुसार सैनिकका छोराछोरीलाई बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने छ । 


सम्झौता पत्रमा जंगी अड्डाका उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन । 


सम्झौतापछि अब सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सैनिकहरुका छोराछोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयजस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नकालागि प्रभु बैंकले शैक्षिककर्जा सुविधा उपलब्ध गराउने छ ।


यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम २५ लाख रुपैयँसम्मको हुने बैंकले विज्ञप्ती मार्फत जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD