१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रभु बैंक र लाईफको जेठ १० मा साधारणसभा हुने 


प्रकाशित: बिहिवार, २० बैशाख २०७५, ११ ः०५ मा 
- जेम्सज्वेलरीखवर

काठमाडौं । प्रभु बैंकको १६ औं वार्षिका साधारणसभामा र प्रभु लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा यही जेठ १० गते हुने भएको छ ।


प्रभु बैंकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पास गर्नका साथै सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको एकिकृत वित्तीय विवरणमाथि पनि छलफल हुने भएको छ ।

 
बैंकले संचालक समितिमा कम्तिमा एक जना महिला रहने गरि नियमावली संसोधन गर्ने प्रस्ताव गरेको छ ।

 
त्यसैगरी बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा खरिद सम्वन्धी प्रकृया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।


प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक साधारणसभमा आइपिओ निष्काशनको स्वीकृतिको लागि प्रस्ताव लैजाने भएको छ भने संचालक समितिको चयनका लागि निर्वाचन पनि गर्ने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex