काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोलाएको जेठ १० गतेको विशेष साधारणसभाले ३ समूहबाट ७ सचालक चयन गर्ने भएको छ ।
साधारणसभाबाट कम्पनीको समूह ’क’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना, समूह ‘ख’ अन्तर्गतको कर्मचारी संचयकोषबाट एक जना र समूह ’ग’ अन्तर्गतको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ७ संचालक चयन गर्ने भएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २८ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ ।
कम्पनीको संचालक हुनकालागि कम्पनीको कम्तिमा पनि १०० कित्ता शेयर स्वामित्व भएको हुनु पर्ने कम्पनीले जनाएको छ । संचालकको लागि उम्मेद्वारी दिन चाहने शेयरधनीले ५ हजार रुपैयाँ शुल्क सहित निर्वाचन तालिका अनुसार मनोनयन दर्ता गर्न पाउने छ ।
Categorized in बजार