२० बैशाख २०८१, बिहिबार
Header

प्रभुु बैंक बने ‘बैंक अफ द इयर २०२३’ 


प्रकाशित: शुुक्रवार, १५ मंसिर २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रभु बैंकले सन २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । 


बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । 


बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन । 


प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्ड दिइएको हो । 


पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ । हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD