१६ बैशाख २०८१, आइतबार
Header

प्रभात बचतको ६६ लाख हिनामिना गर्ने व्यवस्थापक चौधरी पक्राउ


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरी गएराती पक्राउ परेकी छिन् । 


रकम हिनामानि गरी काठमाडौं तर्फ आउन लागेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो ।


उनलाई तीनको घण्टाको सवारी चेकजाँचपछि बल्ल पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो । 


पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान सन्तकुमार चौधरी फरार छन ।


यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD