काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिनको लागि बुधबार मित्र राष्ट्र भारत प्रस्थान गरेको छ । भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति क्षत्री भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा भारत प्रस्थान गरेको हो ।
भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नुहुनेछ ।
भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री जेठ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय