२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीको छठपुुजामा सहभागी 


प्रकाशित: सोमवार, १० कात्तिक २०८२, १८ः४० बजे
- महानगरखबर

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज कमलपोखरीमा आयोजित छठ पूजामा सहभागी भएकी छिन । 


उनले सूर्यदेव र छठी माताको आराधना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी हुन ।

 
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै पूजा गरिँदैछ । 


भक्तजनहरूले नदी, पोखरी र जलाशयमा पुगेर सूर्यदेवको आराधना गर्दै अर्घ चढाउने परम्परा छ ।


यस पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाको समापन गरिन्छ । 


आजको दिनलाई सरकारले सार्वजनिक बिदा दिएको छ। वर्तालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा कायम राख्दै आएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex