४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते घोषणा गरिने


प्रकाशित: सोमबार, २८ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । बहुचर्चित प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने भएको छ । 


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मलेन गरेर सो जानकारी दिएको हो । 


मन्त्री विष्टले पत्रकार सम्मेलनमा सो जानकारी दिँदै वेरोजगारको तथ्यांक संकलन भने चैत्र महिनबाट सुरु गर्ने बताएको छ । 


प्रधानमन्त्री ओलीले फागुन १ गते दिउँसो प्रधानमन्त्रीले उद्घाटन गरेसँगै कार्यक्रम लागु हुने जानकारी दिए । 


सो पत्रकार सम्मेनलमा मन्त्री विष्टले अहिले ७५३ वटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनौट प्रक्रिया चलिरहेको बताए । 


रोजगार केन्द्रले प्रमाणिकारण गरेर दिएको बेरोगार तथ्यांकलाई आधार मानेर सरकारले रोजगार नभएको तथा अन्य कुनै आयस्रोत नभएको खण्डमा सरकारले रोजगारी दिनेछ । 


यदि रोजगारी दिन नसकेको खण्डमा भत्ता उपलव्ध गराउने प्रधानमन्त्री रोजगार कार्यक्रमको उदेश्य हो । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex