७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग छलफल


प्रकाशित: सोमवार, १६ चैत २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह ले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल गरेका छन । 


प्रधानमन्त्रीले प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर उनीहरूको क्षेत्र र प्रदेशका समस्याबारे जानकारी लिएका हुन ।


छलफलमा ज्ञानेन्द्र शाही समेत सहभागी भएका थिए । उनले पत्रकारहरूसँग कुरा गर्दै कर्णाली प्रदेशका विकास निर्माणसँग सम्बन्धित विषयहरू उठाउने बताएका छन ।


यता, हर्क साम्पाङ ले भने प्रधानमन्त्रीले आयोजना गरेको उक्त बैठकमा सहभागी नहुने बताएका छन ।


सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद् बैठक नै नबोलाई “कोठे बैठक” आयोजना गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन । 


उनले नियमित रूपमा संसद् बैठक सञ्चालन गरी जनताका प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिएका छन । 


छलफलमा सहभागी यज्ञमणि न्यौपाने का अनुसार सांसदहरूले आफ्ना क्षेत्र तथा प्रदेशमा रहेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन ।


ती समस्याको तत्काल समाधानका उपायबारे प्रधानमन्त्रीले जिज्ञासा राख्दै छलफललाई केन्द्रित बनाएका थिए ।


प्रधानमन्त्रीले छलफलको सुरुवात कोशी प्रदेशका सांसदहरूसँग गरेका थिए भने अन्य प्रदेशका सांसदहरूसँग पनि क्रमशः संवाद जारी राखेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex