काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले औपचारिक रूपमा कार्यभार सम्हालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र चर्चामा रहेको गृह मन्त्रालय अन्ततः सुधन गुरुङ ले पाएका छन । गोरखा–१ बाट निर्वाचित गुरुङ जेन–जी आन्दोलनका क्रममा चर्चामा आएका थिए ।
अर्थ मन्त्रालयको जिम्मेवारी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले लाई दिइएको छ । अर्थशास्त्रका जानकार वाग्ले तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन ।
त्यसैगरी, परराष्ट्र मन्त्रालय शिशिर खनाल ले सम्हाल्ने भएका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेल (गणेश) लाई दिइएको छ ।
श्रम मन्त्रालयको जिम्मेवारी दीपक साह ले पाएका छन् भने शिक्षा तथा प्रविधि मन्त्रालय सस्मित पोखरेल को भागमा परेको छ । सूचना तथा सञ्चार मन्त्रालय बिक्रम तिमिल्सिना ले सम्हाल्ने भएका छन ।
सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावल लाई दिइएको छ । उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ ले सम्हाल्ने भएका छन ।
कृषि तथा सहकारी मन्त्रालय गीता चौधरी लाई दिइएको छ भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतम को जिम्मामा परेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता बादी ले सम्हाल्ने भएकी छिन् भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुनील लम्साल लाई दिइएको छ ।
नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारबाट सुशासन, आर्थिक सुधार र युवामुखी नीतिहरू कार्यान्वयन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले शपथपश्चात छोटो प्रतिक्रिया दिँदै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
Categorized in राष्ट्रिय