१७ बैशाख २०८१, सोमबार
Header

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा नयाँ मन्त्रिपरिषद विस्तार


प्रकाशित: बुधवार, २३ फागुन २०८०, १९ः३२ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिपरिषद विस्तार गरेका छन ।


प्रधानमन्त्री दाहालले  नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, एकिकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन । 


दाहाल मन्त्रिपरिषद्मा एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४, एकिकृत समाजवादीका २ जना जना गरी २० सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । 


एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन । 


त्यस्तै, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएका छन ।  


नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री,  रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि पुन दोहोरिएका छन । नारायणकाजी यस अघि गृहमन्त्री थिए ।


त्यसैगरी, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन ।


त्यसैगरी, एकिकृति समाजवादीबाट  भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नेछन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD