२१ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, १३८ मत आवश्यक 


प्रकाशित: बुधवार, ३० चैत्र २०८०, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन । 


अहिले राजनीतिक दलका प्रतिनिधिहरुले बोल्ने क्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड पुष्कमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसेका छन ।


नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले प्रतिनधिसभा बोलिरहेका छन । 


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन १३८ मत आवश्यक रहे पनि नयाँ सत्ता समिकरणको कारण सहज बहुमत पाउने देखिएको छ ।


अहिले नयाँ सत्ता गठबन्धनसँग १५२ रहेको देखिन्छ । प्रतिनिधि सभामा नेकपा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन । 


प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन ।


प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । 


यस अघि फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको सत्तागठबन्धन तोडेपछि एमाले लगायतका ५ दलसँग नयाँ सत्ता समिकिरण बनाएको हो । 


यस अवस्थामा संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।


यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।


२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।


त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो । 


अहिले प्रनिधिसभामा  नेपाली कांग्रेससँग ८८, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट , जनमत पार्टी, ६ सिट  र जनमत पार्टीसँग ४ सिट रहेको छ । यी दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD