२१ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत


प्रकाशित: बुधवार, ३० फागुन २०८०, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन । 


बधवार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रधानमन्त्री प्रचण्डलाई १५७ सांसदले समर्थन गरेका हुन ।

 
विश्वासको मत लिन १३८ मत भए पुग्छ । 


प्रतिनिधिसभामा उपस्थित २६८ सांसदहरु मध्येबाट उक्त संख्यमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन दिएका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको छ । 


प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन । 


यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।


२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।


त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो । 


अहिले प्रनिधिसभामा  नेपाली कांग्रेससँग ८८, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट , जनमत पार्टी, ६ सिट  र जनमत पार्टीसँग ४ सिट रहेको छ । यी दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन ।
 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD