काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण काम गर्ने र काम धेरै गर्ने प्रतिज्ञा गरेका गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छ ।
शनिवार चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन उनले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको बताए ।
उनले भने,‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’
भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए ।
Categorized in राष्ट्रिय