२१ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री प्रचण्डको गहमन्त्री रविलाई निर्देशन– दोषीलाई कार्वाही अघि बढाउनुहोस


प्रकाशित: शुक्रवार, २ चैत्र २०८०, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रवार गृहमन्त्री रावि लामिछानेले सुन तस्करी प्रतिवेदन बुझाएका छन ।


सुनको अबैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई उनले बुझाएका हुन ।


प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझेलगत्तै सो प्रकरण  दोषी ठहर गरेकालाई कारबाही गर्न उपप्रधानमन्त्री तथा लामिछानेलाई निर्देशन दिएको छ । 


गृहमन्त्री लामिछानेलाई आयोगले औंल्याएका विषयमा कारबाहीका सन्दर्भमा कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन । 


सो सन्दर्भमा गृहमन्त्री लामिछानेले आफू आजैबाट एक्सनमा उत्रने बताएका छन । 


उनले उच्च अधिकारीहरुबाट लापरवाही भएको  देखिएको औल्याउँदै कारवाहीको प्रक्रिया अघि बढाउने उल्लेख गरेका छन ।


तस्करीहरुलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको उनको भनाई छ । 


प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएदेखि नै सुन तस्करदेखि बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मका दोषीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउँदै सुशासनको पक्षमा आफू प्रतिबद्ध रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD