६ जेठ २०८१, आइतबार
Header

प्रधानमन्त्री पुुष्पकमल दाहाललाई न्हुँद समारोहको विशेष सम्मान


प्रकाशित: बुुधवार, ६ मंसिर २०८०, १८ः१० बजे
- अजयकुमार खड्गी

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल संवत् राष्ट्रिय न्हुँद समारोह समितिले विशेष सम्मान गरेको छ । 


विहिवार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित शंखद्यर दिवसको अवसरमा प्रधानमन्त्री दाहाललाई सम्मान गरिएको हो । 


प्रधानमन्त्री दाहालले नेपाल संवत्लाई सरकारी दस्तावेज(कागजात)मा उल्लेख गर्ने निर्णय गरेकोले समितिले सो सम्मान गरेका हो । उनलाई नेवाः परम्पारा अनुसार सम्मान गरिएको थियो ।

 

 
समितिका संयोजक प्रा.डा. नरेशमान बज्राचार्यले नेवाः परम्परा अनुसार प्रम दाहालको टाउँकोमा फेटा लगाएर, पाठ गरेर, सुुगुुन खुवाएर सम्मान गरेका थिए ।

 
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल संवत नेपालको मौलिक संवत भएको बताए । 


‘‘हामीले विक्रम संवत प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनु पर्दछ ।’’ उनले भने । 

 


कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्रीले नेपाल संवत्लाई दिएको मान्यता प्रति आभार प्रकट गरेका छन । 


उनले नेपालले उत्कृष्ट संविधान पाएको बताउँदै भने नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएका छौ, यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा. रामवरण यादवहरूलाई राष्ट्रपति बनायो ।


त्यसैगरी, एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ,नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले सम्बोधन गरेका थिए । 

 


नागरिक अगुवा मल्ल के. सुन्दरले राजाको शासनकालमा नेपाल संवत मनाउँदा समेत नेवार समुदायमाथि निर्मम दमन गरिएको स्मरण गरे ।  उनले भने,‘‘विविधतायुक्त नेपालमा एकदलीय, एक वंशको शासन कसरी सही हुन सक्छ, यसलाई मान्न सकिँदैन। राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन। फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं।’’


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD