१ जेठ २०८१, मंगलबार
Header

प्रधानमन्त्री पत्नी दाहालको पार्थिव शरीर पेरिसडाँडा, दिउँसो २ बजे अन्तेष्टी गरिने


प्रकाशित: बुधवार, २७ असार २०८०, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थि शरिर श्रद्धाञ्जलीको लागि माओवादी केन्द्रीय कार्यालय पेसिरडाँडामा राखिएको छ । 


बुधवार विहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।


प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि आकास्मिक रुपमा उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल र्पुयाइएको थियो । 


अहिले उनको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।


उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD