६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री देउवा स्वदेश फर्किए


प्रकाशित: आईतवार, २० चैत्र २०७८, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आईतवार साँझ ३ दिने भारत भ्रमण सेकर स्वदेश फर्केका छन । 


आज विहान नयाँदिल्लीबाट बनारस गएका प्रधानमन्त्री देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । 


प्रम देउवा बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन । देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । 


शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रम देउवाले सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए ।


साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्‍घाटन गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex