१२ भाद्र २०८३, शुक्रबार
Header

प्रधानमन्त्री देउवाले चोभार बन्दरगाहको उद्धघाटन गरे


प्रकाशित: मंगलवार, २२ चैत्र २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार बन्दरगाहको उद्धघाटन गरेका छन । 


मंगलवार प्रधानमन्त्री देउवाले चोभारस्थित नवनिर्मित सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउावले चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारको हव बन्ने बताए । 


काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन बन्दरगाह सहयोगी हुने प्रम देउवाले विश्वास व्यक्त गरे । 


प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex