७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री दाहाल र मोदीविच भएको कुराकानी संसदमा जानकारी गराउन माग


प्रकाशित: मंगलवार, २९ जेठ २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका कुराकानीबारे संसदलाई जानकारी माग गरिएको छ । 


मंगलवार सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका कुराकानीबारे संसदलाई जानकारी गराउन आग्रह गरेका छन । 


आइतवार भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भई सोमवार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई व्रिफिङ गराएका थिए । 


प्रम दाहालको सचिवालयले भ्रमणको विषयमा प्रेस नोट समेत जारी गरेका थिए । 


भ्रमणकै विषयमा सांसद पन्तले त्यो विषय आफूले समाचार पढेर थाहा पाएको बताएका छन ।

 
उनले भारत भ्रमण र भारतीय प्रधानमन्त्रीसँग भएको भेटघाट तथा कुराकानीबारे संसदमा विस्तृत जानकारी दिनु पर्ने उल्लेख गरे । 


उनले भने, ‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ संसद हो, भारतीय प्रधानमन्त्रीसँग उहाँको के–के विषयमा कुराकानी भयो त्यो बाहिर अखबारमा भन्नुभयो ठिकै छ, संसदलाई सम्मान गर्ने हो भने आजै उहाँले संसदमा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपथ्र्यो’।


‘प्रधानमन्त्रीले यो जानकारी संसदलाई गराउनुपर्छ, यो संसदको विशेषाधिकार हो है, सभामुखजीले पनि यसमा आँखा चिम्लन मिल्दैन,’ उनले भने, ‘विदेश गएर आएपछि संसदमा उभिएर जानकारी दिनु विशेषाधिकार हो, यसको रक्षा होस्। त्यसैले स्पष्ट रूलिङ होस ।’ उनले भने ।


प्रेस नोटः

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex