९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराई विरुद्धको रिट दर्ता गर्न आदेश


प्रकाशित: शुक्रवार, २६ जेठ २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्कमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई कारवाहीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ । 


लेनिन बिष्टले प्रम दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ताको आदेश दिएको हो । 


विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको रिट निवेदनमा उल्लेख गरिएको छ । 


रिटमा दुबै नेतालाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । 


रिटमा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत माग गरिएको छ । 


विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दैे रिट दरपीठ गरेपछि विष्टले दरपीठ विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex