काठमाडौं । संसदमा बिहीबार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डालई २५ सांसदले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन ।
सांसदहरुले संस्थागत भ्रष्टाचार, चर्चित भुटानी शरणार्थी प्रकरण, नेपाली भूमी अतिक्रमण, क्यान्टोमेन भ्रष्टाचार, शैक्षिक अवस्था, स्वास्थ्य, टिकापुर घट्ना लगायतका प्रश्नहरु सोधेका थिए ।
दाहालले सांसदहरुले सोधेका प्रश्नहरुका जवाफ पनि दिएका थिए ।
प्रश्नोत्तर गर्ने सांसदहरुमा पदम गिरी, पूर्णबहादुर धर्ती, दिपक कार्की, शेरबहादुर कुँवर, प्रेम सुवाल, प्रभु साह, रघुजी पन्त, रामहरी खतिवडा लगायतका थिए ।
गत ४ मंसिरमा सम्पन्न आम चुनापछि बनेको प्रतिनिधिसभामा बिहीबार पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको हो । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
Categorized in राष्ट्रिय