९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता आदेश किन ?


प्रकाशित: शुक्रवार, १९ फागुन २०७९, २१ः१० बजे
- महानगरखवर

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।


शुक्रवार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सर्वोच्च अदालतले प्रशासनलाई दाहालको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो ।


दाहालले ०७६ को माघीका अवसरमा खुलामञ्चमा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए । 


सो अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका थिए तर सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ मा दरपीठ(दर्ता नगर्ने निर्णय) गरेको थियो । 


त्यसविरुद्ध निवेदकद्वयले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । त्यही निवेदनमाथि सुनुवाइ भएको र इजलासले दर्ता गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।


रिट निवेदक आरणले आफूहरूले आइतबार नै सर्वोच्च अदालतमा दर्ताको निवेदन दिने बताए । 


उक्त निवेदनमा दाहाललाई ुपक्राउ गरी अनुसन्धान र कारबाही गर्नु माग गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex