९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदमा स्पष्टीकरण दिने


प्रकाशित: विहिवार, २१ असार २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर सत्तारुढ दलहरुविचको बैठकले प्रम दाहालले राजीनामा नदिनु पर्ने बताएका छन । 


विहिवार बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री दाहालले सो विषयमा संसदमा आफ्ना कुरा राखी स्पष्टीकरण दिन निष्कर्ष निकालेको हो । 


माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताए । 


सोमवार प्रम दाहालले भारतीय नागरिक ट्रान्सपोर्ट व्यवसायी प्रीतम सिंहको छोरी किरणदिपले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचनको क्रममा प्रम दाहालले वोलको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रमको राजीनामा माग गरेको छ । 


सो अभिव्यक्तिलाई लिएर अन्य राजनीतिक दल, राजनीतिक विश्लेषक लगायतले पनि सो विषयमा टिप्पणी गर्दै विरोध गरेका छन । 


प्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक– पटक भारत गएको भन्ने अभिव्यक्ति दिएको थियो । 


सम्बन्धीत समाचारः आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम दिल्ली गएको भन्ने अभिव्यक्तिले प्रम दाहाल विवादमा
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex