२० बैशाख २०८१, बिहिबार
Header

प्रधानमन्त्री दाहालले भेटे एसियन्स गेम्सका पदक बिजेता खेलाडी


प्रकाशित: बुधवार, २४ असोज २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’लेचीनको हाउझाङमा भएको एशियन गेम्समा पदक जितेका खेलाडीरुलाई भेटेका छन । 


प्रधानमन्त्री दाहाले करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरुलाई भेट गरेका थिए । 


प्रम निवास बालुवाटारमा आयोजित भेटमा खेलाडीहरुलाई दिने प्रोत्साहन रकम मन्त्रिपरिषद् बैठकले छिट्टै निर्णय गर्ने समेत प्रधानमन्त्री दाहालले उनीहरुलाई जानकारी दिए ।

 
सो भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत पनि उपस्थित थिए ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD