काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनु पर्ने भएको छ ।
सोमवार दिउँसो १ बजे संघीय संसदमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्य तालिका रहेको छ ।
गठबन्धनको सबैभन्दा ठुला दल नेपाली कांग्रेसले आईतवारनै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । कांग्रेससँग अहिले ८९ मध्ये ८६ मत छ ।
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित, चन्द्र भण्डारी भारतमा उपचाररत अवस्था र टेक बहादुर गुरुङ निलम्बित सांसद हुन ।
दाहाललाई पछिल्लो गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र (३१), नेकपा एकृकित समाजवादी (१०), राष्ट्रिय स्वतन्त्र पार्टी (१९), जनमत पार्टी (६), नागरिक उन्मुक्ति पार्टी (४), राष्ट्रिय जनमोर्चा नेपाल ( १ जना), लोकतान्त्रिक समाजवादी पार्टी (४), स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह– २ ले विश्वासको मत दिने छ ।
विश्वासको मत लिन दाहालले १३८ मतको आवश्यक पर्ने देखिएको छ । गठबन्धनको जोडघाटाउँ गर्दा कुल १६३ मत पाउने सम्भावाना देखिएको छ ।
यसअघिको एमालेसँगको गटबन्धनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए ।
त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।
त्यसबेला दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकोले दाहालले पुनः विश्वासको मत लिनु पर्ने भएको हो ।
नेकपा एमाले दाहाललाई विश्वासको मत नदिने जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङले एमाले प्रतिपक्षीको रुपमा बस्ने बताएका छन ।
फाईल तस्वीरः राष्ट्रपति सचिवालय
Categorized in राष्ट्रिय