१७ बैशाख २०८१, सोमबार
Header

प्रधानमन्त्री दाहालले अर्धवार्षिक समिक्षमा पोखे असुन्तुष्टी


प्रकाशित: विहिवार, १७ फागुन २०८०, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्धवार्षिक समीक्षा सरकारको काम कारबाहीप्रति असुन्तुष्टी पोखेका छन । 


बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षाको क्रममा गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरु अनुसार काम हुन नसकेको बताए ।

 
उनले श्रावणमा गरिएको माइलस्टोनहरु निर्माण गर्दा बस्तुवादी र बस्तुगत हुन नसक्दा अहिले आएर परिमार्जन गर्नु पर्ने स्थिती देखेपछि असुन्तुष्टि व्यक्त गरेका हुन । 


योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी नभई ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको पनि धारणा राखेका छन । 


उनले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखिएको उल्लेख गरे । 


चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले सरकारको कार्य क्षमताामाथि नै प्रश्न उठेको उनले बताए । 


माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिको पनि प्रधानमन्त्रीले बताए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD