२७ आश्विन २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय


प्रकाशित: आईतवार, ५ चैत्र २०७९, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । 


आईतवार सानेपास्थित पार्टी कार्यलयमा बसेको बैठकले सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । 


‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’ प्रवक्ता महतले भने । 


प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन ।


बैठकले मन्त्रिपरिषदमा जाने मन्त्रीहरुको लागि मापदण्ड अनुसार पठाउने भएको छ । 


प्रवक्ता महतका अनुसार योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
maharjan complex
Yogesh Khadgi KMC 27