२३ बैशाख २०८१, आइतबार
Header

प्रधानमन्त्री दाहाललाई प्रश्नः एनसेल प्रकरणमा तपाईको परिवारको संलग्नता छ कि छैन ?


प्रकाशित: मंगलवार, ३ पुस २०८०, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । एनसेलको सेयर खरिद विक्री प्रकरणमा प्रधानमन्त्री पुुष्पकमल दाहाललाई प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रश्न गरिएको छ ।


प्रधानमन्त्रीलाई सांसदहरूको एनसेल प्रकरणमा तपाईंको परिवार जोडिएको छ कि छैन ? भनी प्रश्न गरेका छन । 


सांसदहरूले प्रश्न गर्ने क्रममा प्रधानमन्त्रीको परिवारका सदस्य नै जोडिएको कुरा के हो भनेर उठाएको कांग्रेस सांसद अजयकुमार चौरसियाले बताए ।


उनले प्रश्न गरे, एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस । 


बैठकमा कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा जोडिएको सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताए । 


यसै गरी, कांग्रेस सांसद इश्वरी न्यौपानेले छानबिन समितिले ढाकछोप गर्छ भन्ने प्रश्न उठेकोतर्फ ध्यान दिएर राज्यका निकायहरूले नै उचित छानबिन गर्नुपर्ने उनको माग थियो ।


प्रमुख प्रतिपक्ष एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए । 


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा चौधरीले एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल जोडिएको विषयमा पनि जिज्ञाशा राखेका थिए ।


ऐनसेलको सेयर खरिद विक्री प्रकरणमा विवाद वाहिर आएपछि सरकारले एक उच्चस्तरीय छानविन समिति समेत गठन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD