१२ श्रावण २०८१, शनिबार
Header

प्रधानमन्त्री दाहालको राजीनमा माग गर्दै डा. केसीले सुरु गरे अनशन


प्रकाशित: शनिवार, २९ बैशाख २०८१, २०ः१८ बजे
- महानगरखबर

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै अनशन सुरु गरेका छन । 


शनिवार डा. केसीले ४ बुँदे माग राखेर पशुपति क्षेत्रको मृगस्थलीमा अनशन सुरु गरेका हुन । यो उनको २२ औं पटक आमरण हो । 


उनले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन । 


सबै नेपालीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने, कार्की आयोगले दोषी ठहराएका व्यक्तिहरुलाई कार्वाही गर्नु पर्ने माग राखेका छन ।  


उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ ।


केसीले सुदूरपश्चिमको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने  गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्न पनि माग गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex