२३ बैशाख २०८१, आइतबार
Header

प्रधानमन्त्री दाहालको अमेरिका र चीन भ्रमण खर्च ४ करोड ७४ लाख 


प्रकाशित: विहिवार, ४ पुुस २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालको अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख २ हजार खर्च गरेको छ ।


जम्बो टोली लिएर दुई साता लामो संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।


प्रधानमन्त्री दहाल ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए भने उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । 


सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD