१८ बैशाख २०८१, मंगलबार
Header

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती


प्रकाशित: विहिवार, १२ पुस २०८०, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । 


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती भएको हो ।


सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा जानकारी दिइन ।


प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार आफ्नो कार्यकाल एक वर्ष दिन गरेका सम्बोधनमा मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । 


सोही घोषणाबमोजिम कार्यालयको कर्मचारी व्यवस्थापन नयाँ ढंगले अघि बढेको हो ।


त्यस्तै, बैठकले प्राविधिक सीप तथा व्यवसायिक तालिम परिषद्को सदस्य सचिवमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD