३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

प्रधानमन्त्री ओली संसदमा उपस्थित नभएपछि प्रचण्डको आक्रोश


प्रकाशित: मंगलवार, २७ फागुन २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक (संसद)मा उपस्थित नएपछि प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रिसाएका छन । 


मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितलाई लिएर सत्ताशीनहरुले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाएका हुन ।

  
उनले प्रधानमन्त्रीको लगातार उपस्थितीबारे पनि प्रश्न गरे।


’प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहिनता हो कि कुण्ठा हो। त्यसको जवाफ पनि आफै खोज्नुहोला,’ उनले भने। 


यसअघि माघ २४ गतेको बैठकलाई प्रचण्डले सम्बोधन गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्। 


संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दल नेता र प्रमुख प्रतिपक्षी दल नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। 


प्रधानमन्त्री ओली मंगलबार कोशी प्रदेशसभलाई सम्बोधन गर्न विराटनगर पुगेका छन ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex