१२ भाद्र २०८३, शुक्रबार
Header

प्रधानमन्त्री ओली यूरोप भ्रमणमा


प्रकाशित: शनिवार, २५ जेठ २०७६, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बेलुका यूरोप भ्रमणमा निस्किएका छन ।


झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्केका भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन ।


प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राािष्ट्रय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीलाई सम्बोधन गरेपछि बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी जेठ २९ गते फ्रान्समा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex