१२ भाद्र २०८३, शुक्रबार
Header

प्रधानमन्त्री ओली जनकपुर पुगे, मोदीको अभिनन्दनमा सहभागी भिड नियन्त्रण गर्न लाठी चार्ज


प्रकाशित: शुक्रबार, २८ बैशाख २०७५, १०ः३६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् ।

 
मन्दिर पुगेका प्रधानमन्त्री ओलीलाई  महन्थले माला लगाएर स्वागत गरेका छन् ।


केहीबेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आइपुग्दै छन् ।

 
जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ पोशाकमा परिवर्तन देखिएको छ । प्रायः नेपाली पोशाक दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।


केही समय अघि मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नु परेको छ ।

जनकपुरको रंगभूमि मैदान प्रवेशस्थलमा मोदीलाई हेर्न भनेर सर्वसाधरणको घँईचो लागेको छ ।

मैदान प्रवेशस्थलमा मानिसहरु बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

 
सो अभिनन्दन समारोहमा बिहानैदेखिको भिड हेर्दा एक लाखभन्दा पनि बढी मानिसहरुको भीड लागेको स्थानीय सरकारले जनाएको छ ।

मोदीको जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex