१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्री ओली चढेको विमान आकाशमा ‘होल्ड’ भएकोमा छानविन हुने


प्रकाशित: विहिवार, २३ फागुन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा ‘होल्ड’ गरिएकोमा छानविन गरिने भएको छ । 


छानविनका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव हसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । 


फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएको थियो । 


प्रधानमन्त्री ओली चढेको सो विमान झापाबाट फर्कने क्रममा अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । सो घट्नालाई लिएर छानविन समिति गठन भएको हो । 


विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ । 


यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एयरलाइन्सले अतिविशिष्ठ व्यक्ति (भिभिआइपी) को उडानबारे विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढ्नुभएको जहाज होल्डमा परेको बताए । 


समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex