८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदै


प्रकाशित: विहिवार, २९ साउन २०८२, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्ने भएका छन । 


उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जान लागेका हुन ।


प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० मा आयोजना हुँदैछ ।


समारोहको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि सहभागिता जनाउने छन । 


परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।


शांघाई सहयोग संगठनको स्थापना सन २००१ मा क्षेत्रीय स्थिरता र आपसी सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको हो । 


यसमा चीन, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० देश सदस्य छन । 


नेपाल सन २०१६ मा एससीओको संवाद साझेदार बनेको हो ।

 
यस सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो ।

 
सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षासम्बन्धी विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex