७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली आज झापा र मोरङमा व्यस्त 


प्रकाशित: मंगलवार, १८ फागुन २०७७, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न त्यहाँ जाँदैछन ।


व्यवासायी दुर्गा प्रसाईंले सन्चालन गरेको  तीन सय शय्या क्षमताको क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रम ओली जाने उनको सचिवालयले जनाएको छ । 


त्यसैगरी आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन । 


त्यसपछि मोरङमा प्रधानमन्त्री ओलीले उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।


संसद पुर्नस्थापनापछि प्रधानमन्त्री ओली उद्घाटन, सिलान्यास कार्यक्रमहरुमा व्यस्त देखिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex